एसइईको नतिजा भोलि आउने

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बिहीबार बिहान प्रकाशन हुने भएको छ ।
आजै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको बोर्डले जनाएको छ ।
भोलि बिहान सात बजे बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए ।
कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए ।
यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अंक नल्याउनेलाई एनजी उल्लेख गरिने उनको भनाइ छ ।
गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।
कसरी हेर्ने एसइईको रिजल्ट ?
एसइईको रिजल्ट IVR, एसएमएस र वेबसाइटबाट हेर्न सकिने जनाएको छ । IVR का लागि नेपाल टेलिकमको ल्याण्डलाइन फोन, मोबाइलबाट १६०० डायल गरी निर्देशनअनुसार प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।
SEE लेखेर एक स्पेस दिएर सिम्बोल नम्बर टाइप गरी १६०० मा म्यासेज पठाएर पनि एसइईको रिजल्ट हेर्न सकिने टेलिकमले जनाएको छ ।
त्यस्तै टेलिकमको http://see.ntc.net.np वेबसाइट पनि हेर्न सकिने जनाएको छ । यीबाहेक विभिन्न नीजि कम्पनीहरूले पनि राष्ट्रिय परीक्षा बोर्डसँगको सहकार्यमा रिजल्ट हेर्न मिल्ने व्यवस्था गर्ने गरेका छन् ।

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया