शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

क्रिकेटर अनिल साहलाई कलैयाको एक लाख नगद पुरस्कारसहित सम्मान

बारा - नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अनिल साहलाई गृह नगर कलैया उपमहानगरपालिकाले एक समारोह बीच सम्मान गरेको छ । शाहलाई उपमहानगरले एक लाख एक हजार रुपैयाँ प्रदान समेत गरेको छ ।

उपमहानगरपालिकाका मेयर बिनोद साहले पूर्व घोषणा अनुसार टी- २० विश्वकमपा नेपाली राष्ट्रीय टोलीमा सहभागी कलैयाका खेलाडी अनिल साहलाई १ लाख १ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

कलैयामा जारी नगरसभामा खेलाडी साहलाई मेयर साह र  नगर खेलकुद बिकाश समितिका संयोजक महमद समिउल्लाहले संयुक्त रुपमा खाँदा ओढाएर कदरपत्र बाट सम्मानित गरेका थिए ।