कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु

काठमाडौँ- कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जोशीपुर-३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका-१८ का २७ वर्षीय शालिम चौधरी रहेका छन्।
बुधबार बिहान चट्याङ पर्दा खेतमा काम गरिरहेका डगौरा र चौधरीको चट्याङ लागेर मृत्यु भएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए।
डगौरालाई बुधबार बिहान साढे ७ बजे खेतमा आली लगाइरहँदा चट्याङ लागेको थियो। आफन्तले स्थानीय महापार्वती क्लिनिकमा पुर्याउँदा उनको मृत्यु भएको बोहराले बताए।
त्यस्तै, चौधरीलाई बिहान ८ बजे आफ्नै घरनजिक खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेको थियो। उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएकोमा उपचारको क्रममा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
चट्याङ लागेर अन्य ६ जना घाइते रहेका छन्।
घाइते हुनेमा कैलाली जानकी गाउँपालिका-४ बेलपुरकी २९ वर्षीया रिता कठरिया, २३ वर्षीया सुस्मा डगौरा, भजनी गाउँपालिका-६ का ५५ वर्षीय रामबहादुर चौधरी, घोडाघोडी नगरपालिका-९ बुदेनीकी ९ वर्षीया सरस्वती भुल, ७ वर्षीया पारु कठायत र २० वर्षीया खिमा कडायत रहेका छन्।

टीकापुरका महिला जनप्रतिनिधिहरू भन्छन्- आफ्नो भूमिकाको ज्ञान भयो

कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका

चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको आग्रह

सुप विश्वविद्यालयमा साउन १४ गते स्ववियू निर्वाचन

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

विदेशबाट फर्केर केरा खेतीमा जमेका भण्डारी

प्रतिक्रिया