युरोकप : समुह 'सी'बाट इङ्ल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा

काठमाडौँ- जारी युरोकपको समुह 'सी'बाट इङ्ल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा पुगेका छन् ।
गएराति भएको खेलमा इङ्ल्याण्ड र स्लोभेनिया गोलरहित बराबरीमा रोकिएका छन् भने डेनमार्क र सर्बिया पनि गोलरहित बराबरीमा रोकिएका थिए ।
यी बराबरीपछि इङ्ल्याण्ड समुह 'सी' मा ३ खेलमा ५ अंकसहित शीर्ष स्थानमा रहदै नक आउट चरणमा पुगेको छ ।
त्यस्तै डेनमार्क र स्लोभेनिया भने ३-३ को बराबरी अंक र गोल अन्तरपनि बराबर भएपछि दुवैबीच भएका पछिल्ला खेलको 'हेड टू हेड'को आधारमा डेनमार्क दोस्रो स्थानमा रहँदै नकआउटमा छनौट भएको छ । त्यस्तै स्लोभेनिया तेस्रो स्थानमा रहेपनि नक आउट चरणमा भने स्थान बनाएको छ । तेस्रो स्थानमा रहने ६ समुहका शीर्ष चार देशले नकआउट चरणमा स्थान बनाउने छन् ।
त्यस्तै समुह 'सी'बाट सर्बिया भने ३ खेलमा २ अंक हासिल गरेपनि बाहिरिएको छ ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया