काठको मुद्दा मिलाइदिन्छु भन्दै घूस लिने कर्मचारी अख्तियारको फन्दामा

काठमाडौँ : धादिङको निलकण्ठ सव-डिभिजन वन कार्यालयका सहायक वन अधिकृत आठौं तह (कार्यालय प्रमुख) कृष्णप्रसाद पौडेललाई घूस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाएको छ ।
‘सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अनुसन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालयमा लगे पछि मुद्दा मिलाउने भन्दै घूस लिएका थिए । ४० हजार रुपैयाँ घूस लिएको अवस्थामा कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ ।

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

माधव नेपाललाई धरौटीमा छाड्न आदेश

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

समाचार हटाउने आदेश खारेज

प्रतिक्रिया