राष्ट्रपतिसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौँ : दुई दिने औपचारिक भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले शिष्टाचार भेट गरेका हुन् । भेटमा नेपाल र भारतबीच रहेको सम्बन्धबारे कुराकानी भएको थियो ।
बिहान काठमाडौं ओर्लेका उनले नेपाल भारत सचिव स्तरीय बैठक लगत्तै राजनीतिक भेटवार्ता शुरु गरेका हुन् । यस अघि उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरिसकेका छन् ।
अहिले शिष्टाचार भेटका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् । उनको शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया