विराटनगर महानगरले गत वर्षभन्दा २१ करोड बढी बजेट बढाएर ल्यायो

काठमाडौँ- विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार उपप्रमुख शिल्पा निराला कार्कीले नगरसभामा आउँदो आवको बजेट पेस गरेकी हुन् ।
पेस गरेको बजेटमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ५९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै, ऋणको सावाँ र ब्याज भुक्तानीमा ५ करोड, चालु आव २०८०/८१ को चालु खर्चतर्फको दायित्व भुक्तानीमा ३ करोड ३४ लाख ८३ हजार, समपूरक कार्यक्रममा ६ करोड १० लाख, वडास्तरीय योजनातर्फ ४३ करोड ३ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
विराटनगरले पेस गरेको बजेट कार्यान्वयनका लागि मूलतः संघीय समानीकरण अनुदान र राजस्व बाँडफाँटको अनुदानको भर परेको देखिन्छ । उपप्रमुख कार्कीले प्रस्तुत गरेको बजेटको स्रोत व्यवस्थामा सङ्घीय समानीकरण अनुदान ३२ करोड ६६ लाख र प्रदेश सरकारबाट २ करोड ४९ लाख २९ हजार, राजस्व बाँडफाँटमध्ये मूल्य अभिवृद्धि करबाट १६ करोड ११ लाख ७६ हजार १ सय २६ रुपैयाँ, अन्तःशुल्कबाट ५ करोड ८५ लाख ४१ हजार २ सय ७९ रुपैयाँ, वन रोयल्टीबाट ५ लाख ८२ हजार ५ सय ९५ रुपैयाँ, घरजग्गा रजिस्ट्रेसन दस्तुरबाट ५६ करोड ७९ लाख २८ हजार, सवारीसाधन करबाट ३ करोड ८७ लाख १ हजार र मनोरञ्जन तथा विज्ञापन करबाट १ करोड, आन्तरिक आय १ अर्ब १० करोड ८६ लाख ८५ हजार तथा नगद मौज्दात २५ करोडको अनुमान गरिएको छ ।
यसैगरी, सङ्घीय सरकार ससर्त अनुदान ८० करोड ७७ लाख, विशेष अनुदान ७ करोड ५० लाख, समपूरक अनुदान १ करोड १० लाख, प्रदेश सरकार ससर्त अनुदानतर्फ ३ करोड ९० लाख ४३ हजार र प्रदेश सरकार समपूरक अनुदान २ करोड गरी कुल ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ आउने अनुमान विराटनगर महानगरपालिकाको छ ।
३४९ करोडको बजेट कार्यान्वयनका लागि विराटनगरले ११० करोड ८६ लाख आन्तरिक आयबाट उठाउने लक्ष्य राखेको छ । जबकि चालु आर्थिक वर्ष २०८०/८१ का लागि विराटनगरले आन्तरिक आयतर्फ ८९ करोड ५० लाख अनुमान गरेकोमा २०८१ जेठ मसान्तसम्ममा ४१ करोड ९८ लाख २५ हजार रुपैयाँ मात्र उठेको थियो । यो कुल आन्तरिक आयको ४६.९० प्रतिशत मात्र हो ।
खर्चतर्फ भने उपप्रमुख कार्कीले पेस गरेको बजेटमा बहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सरिआएका योजनाहरूको भुक्तानीका लागि ५० करोड, बस्ती विकास र तराई मधेश समृद्धि कार्यक्रमतर्फ ५ करोड ६० लाख, मर्मत सम्भारतर्फका लागि १० करोड तथा भारी सवारीसाधन खरिदका लागि २ करोड बजेट विनियोजन गरिएको छ ।
यस्तै, सामाजिक विकास क्षेत्रअन्तर्गत शैक्षिक विकास कार्यक्रमतर्फ ७८ करोड ७८ लाख १ हजार, स्वास्थ्य विकास कार्यक्रमतर्फ २० करोड ५७ लाख ९३ हजार, महिलालक्षित कार्यक्रमतर्फ ९९ लाख ५७ हजार, संघसंस्थातर्फ २ करोड ७० लाख बजेट रहेको छ ।
आदिवासी जनजाति, दलित, मधेशी तथा यौनिक तथा अल्पसङ्ख्यकतर्फ ६२ लाख ८६ हजार, बालबालिका लक्षित कार्यक्रमतर्फ ७० लाख ८० हजार, युवा विकास कार्यक्रमतर्फ ९५ लाख ८४ हजार, खेलकुद विकास कार्यक्रमका लागि १ करोड ८ लाख, रोजगार प्रवर्द्धन कार्यक्रमतर्फ ७० लाख ४६ हजार बजेट व्यवस्था गरिएको छ ।
गत आर्थिक वर्षको बजेट ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको थियो ।

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_xrITX4RRAL_0vtbpde7vvcmmrgzn7vcjutj9mmvrotrimla4gyq1zu2q8jedebmid3ogvh9.jpg)
ब्राउन सुगर समाउन झापामा प्रहरीले गोली चलायो

प्रतिक्रिया