दक्षिण भारतका फिल्ममा पहिला राम्री भए मात्र पुग्थ्यो तर आजभोलि अभिनय पनि गर्नुपर्छ

मुम्बई : राशि खन्नाले जोन अब्राहमको फिल्म ‘मद्रास क्याफे’बाट अभिनय सुरु गरेकी थिइन् । बलिउड फिल्मबाट डेब्यू गरे पनि अहिले राशीको गन्तव्य दक्षिण भारतको फिल्म उद्योग बन्यो । राशि आजभोलि तमिल र तेलगु फिल्ममा सरोबरी देखिन्छिन् ।
तर, यो दुवै उद्योगको समान विशेषतामध्ये एउटा विशेषता हो , हिरो केन्द्रित फिल्म बन्नु । यताका फिल्ममा हिरोइनको काम हुन्छ फाइटको बीचमा हिरोसँग रोमान्स गर्नु र गीत गाउनु ।
तर, राशी पछिल्लो समय भने यहाँ हिरोइनले पनि आफ्नो बलियो उपस्थिति जनाउन लागेको बताएकी छिन् । उनले अनुष्का सेठ्ठी , सामान्था अक्केनेनी जस्ता हिरोइनका कारण हिरोइनको भूमिका पनि बलियो हुन थालेकी टिप्पणी गरेकी छिन् ।
‘यदि तपाईं तेलगु फिल्म उद्योगमा लामो समय रहने हो भने तपाईं अनुष्का र सामान्था जस्तै राम्रो काम गर्नुपर्छ । यी दुई अभिनेत्रीका कारण दक्षिणभारतको उद्योगमा हिरोइनले हेर्ने नजरमा परिवर्तन आएको छ,’ उनले आइएएनएससँगको कुराकानीमा भनेकी छिन्, ‘ पहिलो तपाईं चिटिक्क देखिँदा वा गीतहरूमा मज्जाले नाच्दा मात्र हुन्थ्यो । अहिले अभिनय पनि गर्नुपर्छ ।’ राशीले अहिले हिन्दी र अन्य भाषाका फिल्मबीचको दूरी मेटिँदै गएका कारण पनि कलाकारलाई आर्थिक र अन्य हिसाबले पनि फाइदा हुने गरेको बताएकी छिन् ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया