मेलम्ची नगरपालिकाले ल्यायो १ अर्ब ७६ कराेड ८४ लाखको बजेट
काठमाडौँ- मेलम्ची नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि १ अर्ब ७६ कराेड ८४ लाख ५९ हजार रुपैयाँको बजेट विनियोजन गरेकाे छ ।
मेलम्ची समृद्धिकाे आधार, कृषि, पर्यटन, उद्योग र जलाधार भन्ने नारालाई आत्मसात गर्दै नगरपालिकाले आइतबार सम्पन्न नगरसभामार्फत पूर्वाधार निर्माणमा जाेड दिँदै आगामी आर्थिक वर्षको लागि बजेट विनियोजन गरेकाे हाे । बजेटमा २०७८ सालकाे बाढीले बगाएको पक्की पुल निर्माणका लागि समेत बजेट विनियोजन गरेकाे छ ।
संघ र प्रदेश सरकारकाे प्राथमिकतामा नपरेपछि पुल निर्माणका लागि बजेट विनियोजन गरेकाे नगर प्रमुख आइतमान तामाङले बताए । बजेटले प्राथमिकताकाे आधारमा कृषि, स्वास्थ्य, शिक्षालगायतकाे क्षेत्रमा बढी जाेड दिएकाे छ । अधिवेशनले नगर प्रमुख एवं सभाध्यक्ष आइतमान तामाङले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम, उपप्रमुख उमा प्रधानले प्रस्तुत गरेकाे बजेट र विनियाेजन विधेयक २०८१ तथा विभिन्न विधेयक र प्रस्तावहरू सर्वसम्मत पारित गरेकाे थियाे ।

सुशासन र पारदर्शिता कार्यान्वयनमा प्रविधिको भूमिका महत्वपूर्ण : मन्त्री लामिछाने
तीन दिनसम्म बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

प्रतिक्रिया