कोरोनाविरुद्धको खोपसहित स्वास्थ्य सहयोग गर्न माग

विराटनगर : विराटनगर महानगरपालिकाले कोभिड भाइरसबाट उत्पन्न स्वास्थ्य समस्यालाई सम्बोधनका लागि सहयोग पु¥याउन अन्तर्राष्ट्रिय निकायलाई आह्वान गरेको छ । सङ्घीय र प्रदेश सरकारले कोभिड–१९ नियन्त्रणका लागि खोप सहित अन्य स्वास्थ्य सामग्री सहजरुपमा उपलब्ध गराउन नसकेको जनाउँदै महानगरपालिकाले भगिनी सम्बन्ध कायम भएका अन्तर्राष्ट्रि«य सहर र विभिन्न दातृ संस्थासँग सहयोगको अपिल गरेको हो ।
शनिबार सञ्चारकर्मीसँग भर्जुअल छलफलमा महानगरपालिकाका प्रमुख भीम पराजुलीले सरकारले स्थानीय तहमा जनघनत्वअनुसार खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्दा समस्या भएको बताए । उनले भने, “खोप खरीदका लागि सङ्घीय सरकारको अनुमति आवश्यक हुने हुँदा खरीद प्रक्रियामा अघि बढ्न सकिएको छैन । सरकारले उपलब्ध गराएको खोप पनि अपुग छ । जनगुनासो बढ्दो छ । यसकारण खोप ल्याउन सरकारले सहज वातावरण बनाउन आवश्यक छ ।”
विगतमा महानगरपालिकासँग प्रत्यक्षरुपमा काम गरेका र लामो समयदेखि सम्बन्ध भएका देश, भगिनी सम्बन्ध कायम भएका र हुन गइरहेका शहर तथा अन्तर्राष्ट्रिय संस्थाहरु राष्ट्रसंघीय विकास कार्यक्रम, करुणा फाउन्डेशन नेपाल, हेल्थ इन्भाइरोन्मेन्ट एन्ड क्लाइमेट एक्शन फाउन्डेशन, रोटरी क्लब इन्टरनेशनल र निजी क्षेत्रले अत्यन्तै सहयोग गरेकामा प्रमुख पराजुलीले प्रशंसा गरे ।
यस्तै महानगरले एक विज्ञप्ति जारी गरी दोस्रो चरणको कोभिडको नयाँ भेरियन्ट महानगरपालिकामा समुदायस्तरमा फैलिएको र तेस्रो चरणको समेत भेरियन्ट आउने सम्भावनालाई दृष्टिगत गरी ती सस्थालाई विगतमा जस्तै सहयोग आह्वान गरेको छ ।
ती निकायलाई अति आवश्यक स्वास्थ्य सामग्री अक्सिजन, कन्सन्ट्रेटर, भेन्टिलेटर, भिटिएम, एन्टीजेन किट, अक्सिमिटरसहित खोप प्रबन्धका गर्न अपिल गरेको छ ।
महानगरप्रमुख पराजुलीले महानगरले गरेको अपिललाई अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरुले सहयोग गर्नेमा आशावादी रहेको बताउँदै विगतका दिनहरुमा पनि ती संस्था र राष्ट्रले गरेको योगदानको स्मरण गरे । रासस
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_DgGpCB1k8d_ei18a2vyhgbvgczwy4kfpsocvlcf71zqlfngzhuitfl8qbu60y9fjbm89jos.jpg)
प्रतिक्रिया