इजरायली सैनिकको ज्याजती- घाइते प्यालेस्टाइनीलाई गाडीको अगाडि बाँधियो

काठमाडौँ - इजरायली सैनिकहरूले वेस्ट बैंकको जेनिनमा छापा मार्दा एक घाइते प्यालेस्टिनीलाई आफ्नो गाडीको हुटमा अगाडि बाँधेको दृश्य अहिले भाइरल भएको छ । इजरायली सेना वेस्ट बैंकको वादी बुर्किन क्षेत्रमा केही प्यालेस्टाइनीहरूलाई पक्रन गएको थियो ।
टाइम्स अफ इजरायलका अनुसार कारबाहीका क्रममा सेना र प्यालेस्टिनीबीच गोली हानाहान भएको थियो । यस क्रममा एक जना प्यालेस्टाइनी घाइते भएका थिए । यसपछि सैनिकहरूले घाइते प्यालेस्टिनीलाई क्षेत्रबाट बाहिर निकाले । उनीहरुले जिपको अगाडि बाँधे । तर, पछि उनलाई संयुक्त राष्ट्रको रेड क्रिसेन्ट टोलीलाई सुम्पियो ।
बीबीसीका अनुसार प्यालेस्टिनीको नाम मुजाहिद आजमी थियो । इजरायली रक्षा बलले यस कुराको पुष्टि गर्दै अनुसन्धानको आदेश दिएको छ । भिडियोमा देखिएका कुरा आदेशविपरीत भएको बताउँदै इजरायली रक्षा बलले यसको छानबिन गर्ने र दोषीलाई कारवाही गर्ने बताएको छ ।
घाइते प्यालेस्टिनीका परिवारले इजरायली सेनासँग एम्बुलेन्स मागेको बताएका छन् । तर उनीहरूले प्यालेस्टिनीलाई जिपको बोनेटमा बाँधेर त्यहाँबाट भागे । यसअघि शनिबार केही बन्दुकधारीले वेस्ट बैंकको कल्किल्या क्षेत्रमा एक इजरायली नागरिकको हत्या गरेका थिए । त्यसपछि उनको गाडीमा आगजनी गरिएको थियो । यो कुरा बाहिर आएपछि ठूलो संख्यामा इजरायली सैनिक त्यहाँ पुगेका थिए ।

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया