विश्वप्रकाशको गृहमन्त्रीलाई प्रश्न- लोकेशन पत्ता लाग्यो भनेर जीबी राईलाई भगाउन खोजेको हो ?

काठमाडौँ - नेपली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई भगाउन लोकेशन पत्ता लाग्यो भनेर गृहमन्त्रीले भनेको हो भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले गृहमन्त्री रबि लामिछानेले जीबी राईको लोकेशन पत्ता लाग्यो भनेर गोपनीय सूचना सार्वजनिक गरेको आरोप लगाएका छन् । गृहमन्त्रीले जीबी राईको लोकेशन पत्ता लाग्यो भनेर उनलाई भगाउन खोजेको हो की यो पक्राउ गर्ने नयाँ तरिका हो भन्दै प्रश्न गरेका छन् ।
शर्माले सुर्य दर्शन सहकारीका ठगीका आरोपीमध्ये एक जना जीबी राई फरार रहेको र अर्को गृहमन्त्री रहेको उल्लेख गर्दै गृहमन्त्रीले सहकारी ठगीमा फरार रहेका व्यवसायिक साथीलाई पक्राउ गर्न किन समय लाग्यो भन्दै प्रश्न गरेका छन् ।
उनले मलेसियाबाट कसैलाई पनि पक्राउ गरेर नेपाल ल्याउन सुपुर्दगी सन्धि आवश्यक नपर्ने बताए । उनले गृहमन्त्रीले काम नगरेर स्टन्ट गरिरहेको बताए ।
महामन्त्री शर्माले सहकारी ठगी प्रकरणको छानबिनमा आशंका रहेको जिकिर गरेका छन् । उनले छानबिनमा संलग्न प्रहरी अधिकारीहरूलाई सरुवा गरिएको जनाउँदै गृहमन्त्रीले संसदमा झुट बोलेको आरोप लगाएका छन् ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया