पाट कमिन्सको कीर्तिमानी बलिङ, लगातार दोस्रो खेलमा ह्याट्रिक

काठमाडौँ - अस्ट्रेलियाका बलर प्याट कमिन्सले अफगानिस्तानविरुद्ध कीर्तिमानी बलिङ गरेका छन् ।
जारी टी-२० विश्वकपमा लगातार दोस्रो खेलमा ह्याट्रिक लिँदै कमिन्सले नयाँ कीर्तिमान बनाएका हुन् । अफगानिस्तानअघि कमिन्सले बंगलादेशविरुद्धको खेलमा पनि ह्याट्रिक लिएका थिए । योसँगै कमिन्सले टी–२० विश्वकपमा दुई ह्याट्रिक लिने विश्वकै पहिलो बलर बनेका छन् ।
अफगानिस्तानको इनिङ्सको १८औं ओभरको अन्तिम बलमा कमिन्सले राशिद खानलाई आउट गरेका थिए । यसपछि २०औं ओभरको पहिलो दुई बलमा करिम जनात र गुलबदिन नाइब आउट गरेका थिए ।
यसअघि बंगलादेशविरुद्धको खेलमा कमिन्सले इनिङ्सको १८औं ओभरको अन्तिम दुई बलमा महमुदुल्लाह र मेहदी हसनलाई आउट गरेका थिए भने २०औं ओभरको पहिलो बलमा तौहिद हृदयोयलाई आउट गरेका थिए ।
कमिन्स टी-२० अन्तर्राष्ट्रियमा दुई ह्याट्रिक गर्ने पाँचौं बलर बनेका छन्। उनीअघि श्रीलंकाका पूर्व बलर लसिथ मालिंगा, न्यूजिल्याण्डका टिम साउथी, सर्बियाका मार्क पाभलोभिक र माल्टाका वासिम अब्बासले यस्तो गरेका थिए । यद्यपिले कमिन्सले लगातार दुई टी-२० अन्तर्राष्ट्रियमा ह्याट्रिक विकेट लिने विश्वका पहिलो बलर बनेका छन् ।
त्यसैगरी टी–२० विश्वकपको इतिहासमा यो आठौं ह्याट्रिक हो । कमिन्सले यीमध्ये दुई पटक ह्याट्रिक लिएका छन् । योसँगै अस्ट्रेलियाका बलरले तेस्रो पटक टी–२० विश्वकपमा ह्याट्रिक लिएका छन् । कमिन्स बाहेक ब्रेट लीले सन् २००७ मा यो काम गरेका थिए । कमिन्स टी-२० अन्तर्राष्ट्रियमा ह्याट्रिक गर्ने अष्ट्रेलियाका चौथो बलर बनेका छन् ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया