बंगलादेशमाथि भारत ५० रनले विजयी

काठमाडौँ - भारतले जारी टी- २० विश्वकपको सुपर आठमा लगातार दोस्रो जित हासिल गरेको छ ।
गएराति सम्पन्न सुपर आठको समूह एक अन्तर्गत भारतले बंगलादेशलाई ५० रन अन्तरले पराजित गरेको हो ।
भारतले दिएको १९७ रनको लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउँदै १४६ रन बनाएको हो । यस अघि भारतले टस हारेर पहिला ब्याटिङ गर्दै हार्दिक पाण्डेयको अर्ध शतकीय पारीको सहयोगमा २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो ।
यो जितपछि समूह एक मा भारतको २ खेलमा ४ अंक पुगेको छ र भारत सेमिफाइनल नजिक पुगेको छ । त्यस्तै बंगलादेश भने सुपर आठमा लगातार दोस्रो हारपछि सेमिफाइनलको सम्भावना कठिन भएको छ ।
अब भारतले सुपर आठको अन्तिम खेलमा सोमबार राती अस्ट्रेलियाको सामना गर्ने छ भने बंगलादेशले मंगलबार बिहान अफगानिस्तानको सामना गर्ने छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया