वर्तमान सरकार आफैँ ढल्छ : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार आफैँ ढल्ने दाबी गरेका छन् ।
शनिबार विराटनगरमा नेपाल मुस्लिम संघको तेश्रो जिल्ला अधिवेशन उद्घाटन गर्दै कोइरालाले नेपाली कांग्रेस सरकार परिवर्तन गर्ने खेलमा नलाग्ने भन्दै उनले वर्तमान सरकार आफैँ ढल्ने दाबी गरेका हुन् । उनले राजनीतिक अस्थिरता संघीय सरकारमा मात्रै नभई सातवटै प्रदेशमा रहेकाले अहिले मुलुक अस्तव्यस्त र संकटग्रस्त अवस्थामा पुगेको बताए ।
राजनीतिलाई अपराधिकरण गर्ने कार्य भइरहेको प्रति सचेत हुन आग्रह गर्दै उनले राजनीतिज्ञ, व्युरोक्रेट र व्यवसायीहरू मिलेर मुलुकको ऐन कानुन र नियमलाई खिल्ली उडाउने कार्य भइरहेको धारणा राखे । राजनीतिमा अपराधिकरण बढ्दा मुलुकको अस्तित्व नै संकटमा पर्न सक्ने उनले बताए ।
कार्यक्रममा नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सत्तार लगायतका नेताहरूले पार्टीभित्र रहेको गुट-उपगुटका कारण भातृ संस्थाहरूको निर्वाचन हुन नसकेको गुनासो गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया