रौतहटमा भारतीय नम्बरको स्कार्पियो दुर्घटना : दुईको मृत्यु, चारजना घाइते

रौतहट- पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुल छेउमा चक्का पड्केर भारतीय नम्बरप्लेटको स्कोर्पियो दुर्घटना हुँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा चालकसहित गाडीमा सवार चार जना घाइते छन् ।
सर्लाहीको बागमती नगरपालिकास्थित भरत ताल घुमेर बाराको पिलुवातर्फ जाँदै गरेको बिआरजिरो ५ एटि ५९६३ नम्बरको स्कोर्पियो गाडीको पछाडि देब्रेतिरको चक्का पड्किएर अनियन्त्रित भई राजमार्गबाट तल खसेको थियो ।
गाडी खयरको रुखमा ठोक्किएर क्षतिग्रस्त गाडीमा सवार दुई जनाको मृत्यु संगै ४ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहापुरका प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन् ।
मृत्यु हुनेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला ग्राम पञ्चायत झिट्काहीया ४ का ३५ वर्षीय तमन्ना शेख रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही ठाउँका २१ वर्षीय ईर्फान आलमको मेडिसिटी बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी चालक २२ वर्षीय सोहेल अमिर समेत घाइते भएका थिए । घाइतेहरूको बिरगंजमा उपचार भएको प्रहरीको भनाइ छ ।

टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा

विदेश बस्ने आफन्तलाई रातो च्याउ कोसेली

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

सशस्त्र प्रहरीद्धारा रौतहटमा “विपद् स्वयंसेवक'' तयार गरिँदै

भन्सार छलीका १३ लाख बराबरको अवैध सामानसहित पक्राउ

नेपाल टेलिकमको जिप दुर्घटना, तीन जनाको मृत्यु

लाटभिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया