पर्सा प्रहरीद्वारा ७१२ बोरा युरिया मल बरामद

वीरगञ्ज (पर्सा)- पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको १० लाख मूल्य पर्ने सात सय १२ बोरा युरिया मल बरामद गरेको छ । गैरकानुनीरुपमा भारतीय मल भन्सार छली चोरीपैठारी गरी वीरगञ्जमा ल्याई अनाधिकृत भण्डारण गरेर राखेको ५० केजीका सात सय १२ बोरा मल पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले भारतबाट भन्सार छली गरेर अवैध ढङ्गले मल भित्र्याएर भण्डारण गरिराखेको सूचनाका आधारमा छापामर्दा सो मल बरामद भएको बताए ।
प्रहरीले अवैध मल भित्र्याएर भण्डारण गर्ने काममा संलग्न रहेको भन्दै नवलपरासी कावासोती नगरपालिका–९ बस्ने ६२ वर्षीय ज्ञानबहादुर महतोलाई पक्राउ गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ ।
बरामद भएको मल पनि शुक्रबार नै भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ । भाडाका घरमा अनधिकृतरुपमा युरिया मल भण्डारण गरेका अवस्थामा प्रहरीले फेला पारेको थियो । रासस

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया