युक्रेनका सय बढी ड्रोन नष्ट गरेको रुसको दाबी

काठमाडौँ- रुसले क्रिमिया र रुसका केही क्षेत्रमा युक्रेनले गरेको ठूलो आक्रमणलाई असफल बनाएको दाबी गरेको छ ।
रुसले युक्रेनक सयभन्दा बढी ड्रोन र ६ वटा मानवरहित डुंगा नष्ट गरेको दाबी गरेको हो ।
रुसले सबैभन्दा गम्भीर हमला दक्षिणी रुसको क्रास्नोडार क्षेत्रमा भएको दाबी गरेको छ । अनलाइन पोस्ट गरिएको भिडियोले क्षेत्रको येइस्कमा रहेको सैन्य एयर बेस नजिकै आगलागी देखाएको छ ।
क्रास्नोडार अधिकारीहरूले सैन्य अड्डा नजिकैका घटनाहरूबारे टिप्पणी गरेका छैनन् तर इल्स्की नजिकैको तेल रिफाइनरीको प्रशासनिक भवनहरूमा आगलागी भएको बताएका छन् ।
अधिकारीहरुका अनुसार आगो निभाइएको छ भने घटनामा दुई जना घाइते भएका छन् । स्थानीय गभर्नरका अनुसार क्रास्नोडार सहरमा भग्नावशेषबाट खसेर एक जनाको मृत्यु भएको छ ।

पाकिस्तान सरकारले बन्द गरिदियो इमरान खान निकट २७ युटयुब च्यानल

किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी

रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

एकै दिनमा दुई हजारभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

अमेरिकाद्वारा नाइजेरियाली नागरिकको अस्थायी भिसामा कडाइ
चीनको पाँच वर्षे योजनामा हरित विकास प्राथमिकतामा, ऊर्जा खपतमा ११.६ प्रतिशत ग…

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

प्रतिक्रिया