परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान जाँदै

काठमाडौँ- उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाने भएका छन् ।
एसिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग)को परराष्ट्र मन्त्रीस्तरीय १९औँ बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्री श्रेष्ठले असार १० गते इरानको राजधानी तेहरानमा हुने बैठकमा भाग लिने छन् भने बैठकको साइटलाइनमा परराष्ट्रमन्त्री श्रेष्ठ विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जानकारी दिएको छ ।
त्यस्तै मन्त्रीस्तरीय बैठक अघि तेहरानमा असार ९ गते हुने एसिया सहयोग संवादको वरिष्ठ अधिकारीहरूको बैठकमा मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगर सहभागी हुनेछन् ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठ असार १२ गते काठमाडौं फर्कने परराष्ट्रले जनाएको छ ।

धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न

‘फास्ट ट्रयाक’ बाट कमला नदीमा नयाँ पुल निर्माण गर्छौँ : मन्त्री दाहाल

श्रम बजारको माग बमोजिम जनशक्ति तयार गर्नु पर्नेमा जोड गरौंः श्रममन्त्री भण्डारी

परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

सञ्चारमन्त्री गुरुङसँग युनेस्कोका नेपाल प्रतिनिधिको शिष्टाचार भेट

‘सरकारले विपत् व्यवस्थापनका लागि बजेटअभाव हुन दिँदैन’

सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच छलफल जारी

प्रतिक्रिया