युरोकपमा स्लोभाकियामाथि युक्रेनको कमब्याक जित

काठमाडौँ- युक्रेनले जारी युरोकपमा स्लोभाकियालाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा युक्रेनले स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
युक्रेनको जितमा मिकोला शापारेनको र रोमान यारेमचुकले एक एक गोल गरेका थिए । त्यस्तै स्लोभाकियाका लागि इभान स्चारान्जले एक गोल गरेका थिए । १-० गोलले पछि परेको युक्रेनले खेलमा कमब्याक गर्दै जित निकालेको छ ।
पहिलो खेलमा रोमानियासँग ३-० ले हारेको युक्रेनले दोस्रो खेलमा जित निकाल्दै समुह इ मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ । यो जितपछि युक्रेन समुहमा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै स्लोभाकियाको पनि २ खेलमा ३ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ ।
अब युक्रेनले समुह चरणको अन्तिम खेल बेल्जियमसँग जुन २६ मा खेल्ने छ भने स्लोभाकियाले रोमानियासँग सोहि दिन खेल्ने तालिका छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया