फ्रान्स र नेदरल्याण्ड्स गोलरहित बराबरीमा रोकिए

काठमाडौँ- फ्रान्स र नेदरल्याण्ड्स जारी युरोकपमा गोलरहित बराबरी खेलेका छन् । गएराती सम्पन्न समुह डी अन्तर्गतको खेलमा फ्रान्स र नेदरल्याण्ड्स गोल रहित बराबरी खेलेपछि एक एक अंक बाँडेका छन् ।
अघिल्लो खेलमा नाकमा चोट लागेका फ्रान्सका किलियन एम्बाप्पे भने यस खेलमा खेलेका थिएनन् ।
यो बराबरीपछि समुह डी मा नेदरल्याण्ड्सको २ खेलमा ४ अंक भएको छ र समुहमा शीर्ष स्थानमा छ भने फ्रान्सको पनि २ खेलमा ४ अंक नै रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।
अब फ्रान्सले समुह चरणको अन्तिम खेलमा जुन २५ मा पोल्याण्डसँग खेल्ने छ भने नेदरल्याण्ड्सले सोहि दिन अस्ट्रियासँग खेल्ने छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया