उपप्रधानमन्त्री श्रेष्ठ ‘एसिया सहयोग संवाद’मा भाग लिन इरान जाँदै

काठमाडौँ - उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया सहयोग संवाद (एसिडी)का सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको १९औँ बैठकमा भाग लिन शनिबार इस्लामिक गणतन्त्र इरान प्रस्थान गरेका छन् ।
उनी इरानको राजधानी तेहरानमा सोमबार (असार १० गते) आयोजना हुने उक्त बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठले बैठकका अवसरमा सदस्य राष्ट्रका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
मन्त्रिस्तरीय बैठक अघि मन्त्रालयको क्षेत्रीय सङ्गठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगरले यही असार ९ गते हुने एसिडीका वरिष्ठ अधिकारीहरूको बैठकमा भाग लिनेछन् । उपप्रधानमन्त्री श्रेष्ठ यही असार १२ गते स्वदेश फर्कने तालिका छ ।

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घका उपमहासचिव फातिमाको भेट

नेपालस्थित बंगलादेश दूतावासले विशेष कार्यक्रम गरि मनायाे ´जुलाई अपराइजिङ डे’

काठमाडौंमा नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको चर्चा

नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

गृहमन्त्री लेखक र संयोजक हाम्दीबीच भेट

चीनसँग व्यापार र पर्यटनमा सहकार्यका लागि मुख्यमन्त्री पाण्डेको प्रस्ताव

एमच्याम नेपाल र अमेरिकी वाणिज्य विभागद्वारा आइसीटी व्यापार र लगानी प्रवद्र्धनका…

प्रतिक्रिया