टी-२० विश्वकपको सुपर आठका आज दुई खेल

काठमाडौँ- जारी आइसीस टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुँदै छन् । आज पहिलो खेल अस्ट्रेलिया र बंगलादेशबीच खेल भइरहेको छ । एन्टीगास्थितसर भिभियन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि भइरहेको छ ।
जारी विश्वकपमा अस्ट्रेलियाले समुह चरणका चारै खेल जितेर सुपर आठमा पुगेको हो । त्यस्तै बंगलादेशले भने समुह चरणमा तीन खेल जितेर सुपर आठमा पुगेको हो । सेमिफाइनलको दौडका लागि सुपर आठको समुह एक मा रहेका दुवै देशका लागि यो खेल महत्वपूर्ण रहेको छ ।
अहिलेसम्म अस्ट्रेलिया र बंगलादेशबीच कुल १० टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा अस्ट्रेलियाले ६ खेल जितेको छ भने बंगलादेशले ४ खेल जितेको छ ।
त्यस्तै आज दोस्रो खेल सुपर आठको समुह २ मा रहेका इङ्ल्याण्ड र दक्षिण अफ्रिकाबीच खेल हुदै छ । सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार रातस ८:१५ बजेदेखि शुरु हुने छ ।
यस विश्वकपको सुपर आठको खेलमा इङ्ल्याण्ड र दक्षिण अफ्रिकाले आ-आफ्नो पहिलो खेल जितेका छन् । पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई र इङ्ल्याण्डले वेस्ट इन्डिजलाई पराजति गरेको छ । यो खेलमा जित हासिल गर्ने देशले सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाउने छ ।
इङ्ल्याण्ड र दक्षिण अफ्रिकाबीच अहिलेसम्म कुल २५ टी-२० खेल भएका छन् । जसमा दुवैले १२-१२ खेल जितेका छन् भने एक खेलको नतिजा आएको छैन ।

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_6qXmQddoOh_ulhaeidvc2ceb0mb8v2nzxpsmklqoyitc3zwajluvdebnokrxccmmvdqgonb.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

प्रतिक्रिया