कृषिमन्त्री ज्वाला भन्छिन्- रासायनिक मलको अभाव हुँदैन

काठमाडौँ- कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताइएकी छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफमा मन्त्री ज्वालाले अहिले ९६ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जानकारी दिँदै मलको अभाव नहुने बताएकी हुन् । उनले थप १ लाख ३१ हजार मेट्रिक टन रासायनिक मल असार मसान्तसम्म आयात भइसक्ने जानकारी दिएकी छन् ।
आगामी आर्थिक वर्ष २०८१/०८२ मा रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको बताउँदै उनले विनियोजित बजेटबाट नै ६ लाख मेट्रिक टन मल अनुदानमा उपलब्ध गराउन सकिने भएकाले मल आपूर्तिमा समस्या नहुने स्पष्ट गरेकी छन् ।
मन्त्री ज्वालाले आगामी आर्थिक वर्षमा मलको सहज उपलब्धताका लागि २ लाख ५० हजार मेट्रिक टनको टेण्डर आह्वान भइसकेको र सोमध्ये ९० हजार मेट्रिक टनको आपूर्ति सम्झौता पनि भइसकेको बताइन् ।

‘कमला नदीमा पुल निर्माण चाँडै’

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

एकीकृत समाजवादीको सचिवालय बैठक १३ गते

विशेष अदालतमा माधव नेपाल

प्रतिक्रिया