सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल् जजिराबीच रेमिट्यान्स कारोबार सुरु

काठमाडौँ - युएईको ख्यातिप्राप्त अल् जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार सुरु भएको छ ।
युएईमा रहेका नेपालीहरूले अल् जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५,००० भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाइल वालेटमा लोड गर्न सकिन्छ ।
यस सम्झौताका आधारमा युएईमा वैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहज र गुणस्तरिय विप्रेषण सेवा प्रदान हुने विश्वास लिन सकिन्छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।
हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा र रेमिटेन्स भुक्तानी सुचारु गरेको छ । अल् जजिरा एक्सचेन्जबाट पठाएको रकम सिटी पे वालेट मार्फत प्रोमो कोड CITY 100 प्रयोग गरी भुक्तानी लिंदा रु. १०० सम्म बोनस पाउन सकिन्छ ।

एप्पलले चीनबाट उत्पादन बन्द गर्ने, अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ 'मेड …

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, के-के छ विशेषता ?

म्याकडोडो ब्रान्डका पाँच नयाँ प्रोडक्टहरू सार्वजनिक, कति पर्छ मूल्य ?

शाओमी १५ अल्ट्रा भव्य रूपमा नेपालमा सार्वजनिक

अन्तर्राष्ट्रियस्तरको स्किन तथा हेयर ट्रिटमन्ट डिभाइस 'भिभाची' को केकी र रेखाद्वा…

एलजीको नि:शुल्क ए.सी. सर्भिस र एक्स्चेन्ज क्याम्प

दराजको ३.३ मार्च म्याडनेस क्याम्पेन, किनमेलमा उल्लेख्य बचत गर्ने अवसर

प्रतिक्रिया