मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन : प्रधानमन्त्री प्रचण्ड

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा कुनै समस्या नरहेको जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले पुष्पलाल मध्यपहाडी लोकमार्गको केही खण्डमा रेखाङ्कन विवादले निर्माण कार्य अगाडि बढ्न नसकेको भए पनि भुक्तानीका कारण नभएको स्पष्ट पारे ।

त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल र समन्वय गरी तदारूकताकासाथ कार्य भइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अन्य मुलुकका अन्तर्राष्ट्रिय वायुसेवाहरूले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नका लागि विभिन्न छूटहरू तथा सहुलियतहरू माग गरेको हुँदा सो विषयमा समन्वय भइरहेको जानकारी दिए । 

“पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलहरू दिगो रूपमा सञ्चालन गर्न सार्वजनिक निजी साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेश गर्न कार्य समिति गठन भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “समितिको प्रतिवेदन तथा सिफारिश प्राप्त भएपछि अन्तर्राष्ट्रिय विमानस्थलहरू सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त सञ्चालनको विधि तयगरी कार्यान्वयनमा ल्याइने छ ।”

र, यो पनि

एमआइटीका वैज्ञानिक अनुसन्धानकर्ता शेर्पाले प्रधानमन्त्रीलाई भेटेपछि...

एमआइटीका वैज्ञानिक अनुसन्धानकर्ता शेर्पाले प्रधानमन्त्रीलाई भेटेपछि...

प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

बजेटका कारण कांग्रेस र एमालेबीचको सहकार्यमा असर पर्दैनः अर्थमन्त्री पौडेल

बजेटका कारण कांग्रेस र एमालेबीचको सहकार्यमा असर पर्दैनः अर्थमन्त्री पौडेल

‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको निर्देशन

‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको निर्देशन

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी बृद्धि गर्ने सरकारको नीतिः मन्त्री भण्डारी

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी बृद्धि गर्ने सरकारको नीतिः मन्त्री भण्…

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी

बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरुः मन्त्री खड्का

बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरुः मन्त्री खड्का