निषेधाज्ञाबारे छलफल गर्न उपत्यकाका प्रजिअहरूको बैठक बस्दै

काठमाडौँ : उपत्यकाभित्रका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच निषेधाज्ञाबारे निर्णय लिन बैठक बस्दैछ । अपरान्ह बैठक बस्ने भनिए पनि समय भने एकिन भएको छैन ।
बैठकमा निषेधाज्ञा थप गर्ने र कुन-कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुनेछ । स्रोतका अनुसार गृहमन्त्रालयले निषेधाज्ञा खुकुलो बनाउन प्रजिअहरूलाई निर्देशन दिएकाले के के खोल्ने के के बन्द गर्ने भन्ने आजको बैठकका मुख्य एजेण्डा छन् । तर निषेधाज्ञा भने ७ देखि १० दिन बढाउने तयारी छ ।
अहिले खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म र निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएकामा बढाउने कि यथावत राख्ने भन्नेमा पनि छलफल हुनेछ ।
जोर बिजोर कायम हुने गरी सवारी साधन चल्न दिने, सरकारी कार्यालयमा भिड कम गर्न सातामा दुई दिन बिदा दिने विषयमा छलफल भए पनि निर्णय भइसकेको छैन ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया