जगदम्बा स्टील्समा आगलागी हुँदा दुई भारतीयको मृत्यु

जनकपुरधाम : बाराको जीतपुर-सिमरास्थित जगदम्बा स्टील्स कारखानामा शनिबार राति भएको आगलागीमा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
आगलागीमा परी कारखानामा कार्यरत मजदुरद्वय भारत विहार पश्चिम चम्पारणका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरूमा इन्द्र प्रसाद अधिकारी, रामकुमार विश्वकर्मा र नवराज चौलागाई रहेका छन् । आगलागीमा परी घाइते भएकाहरूको उपचार वीरगञ्जको तराई अस्पतालमा भइरहेको र घटनास्थलमा रहेका ६ जना मजदुरमध्ये एक जना सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।
शनिबार राति पेट्रोल र डिजेल भण्डारण गर्ने ट्यांकी वेल्डिङ्ग गरिरहेको बेला अचानक आगलागी हुँदा घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । आगलागी नियन्त्रणमा आइसकेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया