टी-२० विश्वकपमा सुपर आठका आज दुई खेल

काठमाडौँ- जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठका आज दुई खेल हुँदै छन् । आज सुपर आठको समुह २ को वेस्ट इन्डिज र इङल्याण्डबीच खेल भइरहेको छ । सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि भइरहेको छ ।
वेस्ट इन्डिजले समुह चरणका चारै खेल जितेर सुपर आठमा आएको हो भने इङ्ल्याण्डले भने ४ खेलमा दुई जित एक हार एक खेल वर्षाले रद्ध भएपछि अंक बाँडेर सुपर आठमा आएको हो । सेमिफाइनलमा पुग्न दुवै देशका लागि यो जित महत्वपूर्ण रहेको छ । सुपर आठको यस समुहमा अमेरिका र दक्षिण अफ्रिका रहेका छन् ।
वेस्ट इन्डिज र इङ्ल्याण्ड अहिलेसम्म टी-२० खेलमा २९ पटक आमने सामने भएका छन् । जसमा वेस्ट इन्डिजले १७ पटक जितेको छ भने इङ्ल्याण्डले १२ पटक जितेको छ । त्यस्तै घरेलु मैदान भएकाले वेस्ट इन्डिजले त्यसको फाइदा उठाउन सक्ने देखिन्छ ।
त्यस्तै आज दोस्रो खेल सुपर आठको समुह एक अन्तर्गत भारत र अफगानिस्तानबीच हुँदैछ । बारबाडोसस्थित केंसिंगटन ओभल मैदानमा हुने यो खेल नेपाली समय अनुसार राती ८:१५ बजेदेखि शुरु हुँदै छ ।
भारत समुह चरणमा ४ खेलमा ३ जित र एक खेल वर्षाले रद्ध भएपछि समुह ए मा शीर्ष स्थानमा रहँदै सुपर आठमा पुगेको हो । त्यस्तै अफगानिस्तानले समुह चरणमा ४ मध्ये ३ खेलमा जित एक खेलमा हार बेहोरेर समुह सी मा दोस्रो हुँदै सुपर आठमा पुगेको हो ।
अफगानिस्तानले अहिलेसम्म टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतलाई हराउन सकेको छैन । अहिलेसम्म अफगानिस्तान र भारतबीच कुल ८ खेल भएका छन् । जसमा ७ खेल भारतले जितेको छ भने एक खेल रद्ध भएको थियो ।
दुवै देशका लागि सेमिफाइनलमा पुग्न यो खेल महत्वपूर्ण रहेको छ । यस समुहमा यी दुई देशका अलावा बंगलादेश र अस्ट्रेलिया रहेका छन् ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया