बजेट पुनर्लेखन गर्न सरकारलाई काँग्रेसको सुझाव

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक बर्षको बजेट पुनर्लेखन गर्न सरकारलाई सुझाव दिएको छ ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले बजेटप्रति चौतर्फी असन्तुष्टि देखा परेको भन्दै बजेट पुनर्लेखन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् ।
उनले बजेटमा देखिएको असन्तुष्टि नसच्याए सरकारको बारेमा जनताको धारणा राम्रो नहुने जिकिर गरे । मन्त्रालयगत छलफलका क्रममा बजेट पुस्तिका च्यात्ने, रोष्टममा मौन बस्ने लगायतका क्रियाकलाप निकै लज्जास्पद भएको उनको भनाइ छ ।
उनले सुदूरपश्चिम लगायत पुरै देशभर विनियोजन गरिएको बजेटमा कुनै सांसदले पनि चित्त बुझाउन नसकेको धारणा राखे ।

संविधानअनुसार सङ्घीयता कार्यान्वयन गरिनुपर्नेमा कार्यवाह प्रधानमन्त्री सिंहको जोड

माओवादी पार्टी एक भयोः अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

प्रतिक्रिया