आगामी निर्वाचनसम्म राजीनामापत्र सुरक्षित राख्न खेलकुदमन्त्रीलाई धनराजको सुझाव

काठमाडौँ - नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी निर्वाचनसम्म राजीनामा पत्र सुरक्षित राख्न खेलकुदमन्त्रीलाई सुझाव दिएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयमाथिको विनियोजित बजेटमाथिको छलफलका क्रममा गुरुङले युवा तथा खेलकुदमन्त्रीले राजीनामा पत्रै बोकेर हिँडेको अभिव्यक्ति दिएको भन्दै आगामी निर्वाचनसम्म राजीनामा पत्र सुरक्षित राख्न सुझाव दिएका हुन् ।
उनले युवा तथा खेलकुद मन्त्रालयमाथि धेरै टिप्पणी गर्दा राजीनामा पत्र निस्किन्छ की भन्ने अवस्था देखिन सक्ने भन्दै कटाक्ष गरे । खेल क्षेत्रमा देखिएको समस्याका बारेमा धेरै छलफल भएपनि समाधानका लागि कुनै पहल नहुनु दुखद रहेको उनले बताए ।
गुरुङले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि छुट्याइएको बजेट निकै कम रहेको धारणा राखे । त्यस्तै उनले गैरकानुनी कारबाहीलाई रोक्न सके अर्बौं राजस्व उठ्न सक्ने जिकिर गरे । गुरुङले आर्थिक सुशासन कायम गर्ने हो भने पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाउनुपर्ने दावी गरे ।
पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाए ८० प्रतिशत गैर कानूनी कारोबार, भ्रष्टाचारका साथै राजस्व चुहावट नियन्त्रण हुने उनले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया