ललितपुर महानगरले कक्षा चार र पाँचमा 'नेपाल भाषा' लागू गर्दै

काठमाडौँ- ललितपुर महानगरपालिकाले अगामी शैक्षिक सत्र कक्षा ४ र ५ मा समेत स्थानीय पाठ्यक्रम नेपाल भाषा कार्यान्वयनमा ल्याउने भएको छ । परम्परागत, ऐतिहासिक, सम्पदा, संस्कृति तथा रहन सहनलाई समावेश गरी उक्त पाठयक्रम ल्याउने भएको हो ।
बुधबार ललितपुर महानगरपालिकाको पाँचौ नगरसभामा मेयर चिरिबाबु महर्जनले नेपाल भाषा अध्यापन गराउन विद्यालयमा कार्यरत जनशक्तिहरूलाई परिचालन गरिने जानकारी दिए ।
त्यसैगरी, नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयहरूमा विद्यालयको आवश्यकताका आधारमा विषयगत शिक्षक व्यवस्थापन गरिने उनले बताए ।
नागरिकलाई नैतिकवान, स्वावलम्बी एवम् असल समाज र चरित्र निर्माण गर्न महानगरपालिका क्षेत्र भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूमा नैतिक तथा संस्कारयुक्त शिक्षाको पठनपाठन गरी कला, संस्कृति र सम्पदाको संरक्षणमा विशेष जोड दिइने उनले उल्लेख गरे ।
ललितपुर महानगरपालिकाद्वारा प्रकाशित सडक सुरक्षा शिक्षा पुस्तकलाई सन्दर्भ सामग्रीका रुपमा निरन्तरता दिइने मेयर महर्जनले बताए । विद्यालय स्तरमा खेलकुद, स्काउटका साथै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि सञ्चालन हुँदै आएका कार्यक्रमहरूलाई निरन्तरता दिइने उनले प्रस्ट पारे । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई प्रभावकारी रूपमा सञ्चालन गरिनेछ ।
सामुदायिक विद्यालयलाई दिदैं आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी खर्चलाई मापदण्डका आधारमा व्यवस्थित गरिने महर्जनको भनाइ छ ।
सञ्चालनमा रहेका सामुदायिक सिकाइ केन्द्रहरूलाई वडा कार्यालयहरूसँग समन्वय गरी साक्षरताको सर्वेक्षण लगायत अनौपचारिक तथा निरन्तर शिक्षाका कार्यक्रमहरू सञ्चालन गरिने उनले बताए । साथै सामुदायिक अध्ययन केन्द्रहरूको संस्थागत सुदृढीकरण गर्दै लगिने उनले सुनाए ।

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया