आफैँले गोली हानी मृत भेटिएका प्रहरी जवानको शव पोष्टमार्टम गर्न टिचिङ पुर्याइयो

काठमाडौँ- नयाँ बानेश्वरस्थित संसद् भवनको शौचालयमा मृत भेटिएका प्रहरी जवान अजित गोलेको शव पोष्टमार्टमा लागि महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ ) लगिएको छ । २२ वर्षीय गोलेले बुधबार बिहान ८ बजेतिर आफूले बोकेको इन्सास राइफलले आफ्नै निधारमा हानेर आत्महत्या गरेको प्रहरीले बताएको छ ।
संसद् भवनको पश्चिम गेटको २ नम्बर गेटमा सुरर्क्षाथ खटिएका उनको घटनास्थलमै मृत्यु भएको थियो । बिहान ६ बजेदेखि ड्युटीमा रहेका गोले ८:१५ बजेतिर शौचालयमा मृत भेटिएको काठमाडौँ प्रहरी परिसरका एसपीले बताएका छन् ।
दोलखाको मेलुङ गाउँपालिका- ४ घर भएका गोले हाल संघीय संसद् सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
र, यो पनि

प्रहरी सक्रियता बढेपछि लागुऔषध कारोबारीले भरिए हिरासत

काठमाडौंबाट ९ जना बंगलादेशी नागरिक अपहरण गर्ने भारतीय गिरोह पक्राउ

सुन्दरबजारमा ‘छोरीको खातामा दुई हजार’ अभियान

आमा छोरी मृत फेला

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्…

कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्प

रुपन्देहीमा पूर्वश्रीमानले गरे श्रीमती र दुई छोरीको हत्या

प्रतिक्रिया