जेठी श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

रौतहट- रौतहटस्थित आफ्नै जेठी श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा एकजना प्रहरीको फन्दामा परेका छन् ।
जेठी श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा राजापुर नगरपालिका ५ मदनी चौक बस्ने फिदा हुसैन लहेरीका छोरा वर्ष ३४ का मसुद आलम लहेरीलाई प्रहरीले पक्राउ गरेको हो । लहेरीमाथि ज्यानसम्बन्धी मुद्दा कर्तव्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् ।
लहेरीले गत जेठ ३२ गते आफ्नै फुसको छाना भएको घरमा सुतिरहेको अवस्थामा बिहान साढे ४ बजेको समयमा जेठी श्रीमती वर्ष ३७ की नजाबुन नेसाको लहेरीले घाँटी थिचेर हत्या गरेका थिए ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट एकजना प्रहरी अधिकृतको कमाण्डमा गएको टोलीले घटनाको अनुसन्धान गर्दै आरोपी मसुद लहेरीलाई सोधबुझ गर्दा उनले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया