गम्भीर घाइते किशोरीको अझै उद्धार हुन सकेन

बाजुरा : बुढिनन्दा नगरपालिका– १ स्थित रुपासैँनी भीरबाट लडेर गम्भीर घाइते भएका १६ वर्षीया ललिता गिरीको आजसम्म उद्धार हुन सकेको छैन । यही असार १ गते घाँस काटिरहेका अवस्थामा सो भीरबाट एक्कासी लड्दा उनीको घाँटि तथा ढाँडमा असर छ ।
अचेत अवस्थामा यहाँस्थित कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उनीलाई पु¥याइएको थियो । स्वास्थ्य केन्द्रका चिकित्सक डिकेन्द्र सञ्ज्यालले किशोरीको अक्सिजन लेबल घटेको जानकारी दिँदै तत्काल अन्यत्र रिफर गर्नुपर्ने जानकारी दिए ।
प्रतिकूल मौसमले हवाई उड्डयन हुन नसक्दा किशोरी गिरीको हवाई उद्धार हुन नसकेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए । उनले भने, “ मौसम सफा हुने बित्तिकै किशोरीको उद्धार हुन्छ । जिल्लामा हेलिकप्टर आउन सकेको छैन । ” सुदूर पश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले हवाई उद्धारमा पहल गर्नुभएको बताइएको छ । रासस

हजार घरधुरीलाई बरदान बनेको पुलमा पुग्दा मेयर सापकोटाले सम्झिने किटिनेको त्य…

अब सुई लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज

‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स’

भिरबाट लडेर महिलाको मृत्यु

नदीजन्य विपद् कम गर्न नदीबाट निकालियो दुई हजार ट्रिप माटो

मुस्ताङका चार पालिकामा घुम्ती गोठ

विपन्न मुक्तकमैया, मुक्तहलियाका घरमा खानेपानीका धारा जडान

प्रतिक्रिया