बजेटमा विभेद भएको भन्दै प्रधानमन्त्रीको जवाफ माग

काठमाडौँ - प्रतिनिधिसभा सांसद अमरेश कुमार सिंहले बजेटमा विभेद भएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा सिंहले प्रधानमन्त्री, अर्थमन्त्री, लगायतका क्षेत्रमा अरवौँ बजेट विनियोजन गरिएको र अन्य जिल्लालाई बेवास्ता गरेर बजेटमा विभेद भएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरे ।
प्रधानमन्त्री सदनप्रति उत्तरदायी भएकाले बजेटका विषयमा मन्त्रीले नभई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको भनाइ छ । उनले मन्त्री र प्रधानमन्त्रीको जिल्लामा मात्र बजेट लैजाने हो भने अर्को वर्षदेखि सदनमा बजेट सार्वजनिक गर्नुको कुनै औचित्य नभएको जिकिर गरे ।
उनले प्रधानमन्त्रीको जवाफका लागि रुलिङ नभए बजेट पारित गर्ने दिन बैठक बहिष्कार गर्ने चेतावनी दिए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया