राजेन्द्र लिङ्देनले राेष्टममै च्याते बजेट पुस्तिका

काठमाडौँ - राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले स्थानीय तह र केन्द्र मात्र भएको व्यवस्था बनाउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै अहिले हामीले हिँडिरहेको बाटो पुनर्विचार गर्न आग्रह गर्दै यो देश बचाउने मुद्दा भएको बताएका हुन् ।
विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै लिङदेनले यो हार जितको विषय नभएको बताउँदै यस्तो बजेट ल्याउन यो व्यवस्था ल्याएको हो भन्दै प्रश्न गरेका छन् ।
उनले यो निर्वाचन प्रणालीलाई खारेज गर्न माग गर्दै खर्चको भारी रहेको प्रदेश हटाउन माग गरेका छन् । उनले अधिकार तल्लो तहमा पठाउने संघीयताप्रति आफूहरुको कुनै आपत्ति नरहेको भन्दै अब प्रणालीमा सुधार गर्ने समय आएको बताए ।
उनले बजेट एउटा निर्वाचन क्षेत्रमा मात्र राखेर लेख्न कसरी सकिन्छ भन्दै यो ज्यादती भएको आरोप लगाए । उनले सबै सांसदलाई यो बजेट खारेज गर्नुपर्ने बताए ।
उनले योजना आयोगले भनेका के विषय बजेटमा आएको छ भन्ने प्रश्न गर्दै योजना आयोगलाई जोकर बनाएको टिप्पणी गरेका छन् । उनले भौतिक योजनामन्त्री रघुवीर महासेठले आफ्नोसहित ३-४ नेताको जिल्लामा मात्र बजेट केन्द्रित गरेको भन्दै रोष्टममै बजेट पुस्तिका च्यातेका थिए ।

संसदीय समितिमा आयोडिन नुनका बारेमा छलफल हुने

‘विज्ञान प्रविधिमा आधारित उद्यमशीलता आवश्यक छ’ : अध्यक्ष दाहाल

‘सुशासनका लागि स्थायी सरकार आवश्यक छ’

पूर्वाधार विकास समितिको टोलीले गरे ग्वार्को ‘ओभरपास’को निरीक्षण

उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

बिहीबारसम्मका लागि संसद स्थगित

रास्वपाका सांसदहरुले अभद्र शैलीका साथ संसद अवरोध गरेः सचेतक बर्तौला

प्रतिक्रिया