शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

फाइल फोटो

काठमाडौँ - नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । 

त्यसैगरी आज तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।  सुनको मूल्य सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य भने मंगलबार सामान्य बढेको छ । मंगलबार चाँदी तोलाको १५ बढेर तोलामा १८१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।