महाकाली नदीको बीचमा फसेका तीन जनाको उद्धार

कञ्चनपुर : महाकाली नदीको बाढीमा फसेका तीन जनाको नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त टोलीले आज उद्धार गरेको छ । भीमदत्त नगरपालिका १० नजिकको भारतीय वनमा भैंसी चराएर फर्कने क्रममा महाकाली नदीको बीचमा फसेका वर्ष २४ का राजेश टमटा, वर्ष २० का राम टमटा र वर्ष २८ का प्रमा तिरुवाको उद्धार गरिएको हो ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बिओपी गड्डाचौकी र भारतीय सीमा सुरक्षा बल ९एसएसबी० सलानी गोठको समन्वयमा उद्धार गरिएको सशस्त्र प्रहरी बल शैलेश्वरीका उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए ।
नेपाल तर्फबाट सशस्त्र प्रहरीका १४ जवान, नेपाल प्रहरीका पाँच जवान, भारतीय एसएसबीका ५७ नम्बर वटालियन वनवसाका सात जवान र टनकपुरस्थित भारतीय प्रहरीका प्रहरी निरीक्षक धरमवीरको कमाण्डमा आठ जना डुङ्गासहितको टोली उद्धारमा संलग्न भएको थियो । रासस

हजार घरधुरीलाई बरदान बनेको पुलमा पुग्दा मेयर सापकोटाले सम्झिने किटिनेको त्य…

अब सुई लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज

‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स’

भिरबाट लडेर महिलाको मृत्यु

नदीजन्य विपद् कम गर्न नदीबाट निकालियो दुई हजार ट्रिप माटो

मुस्ताङका चार पालिकामा घुम्ती गोठ

विपन्न मुक्तकमैया, मुक्तहलियाका घरमा खानेपानीका धारा जडान

प्रतिक्रिया