प्रधानमन्त्री प्रचण्डलाई ५ वर्ष योजना बनाएर काम गर्न दिए सरकारले राम्रोसँग काम गर्न सक्छ : विप्लव

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले कुर्सी जोगाउनेमा ध्यान केन्द्रित हुँदा प्रधानमन्त्रीले प्रभावकारी काम गर्न नसकेको बताएका छन् ।
बेपत्ता योद्धा परिवार समाजले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा विप्लवले प्रधानमन्त्रीको ध्यान सत्ता समीकरणलाई मिलाउँदै कुर्सी बचाउनमा नै केन्द्रित भएको भन्दै यसका कारण प्रभावकारी ढंगले काम गर्न नसकेको बताएका हुन् ।
उनले प्रधानमन्त्री प्रचण्डलाई ५ वर्ष योजना बनाएर काम गर्न दिए सरकारले राम्रोसँग काम गर्न सक्ने धारणा राखे । विप्लवले सबैलाई मिलाउन खोज्दा बजेट पनि राम्रो ढंगले आउन नसकेको धारणा राखे । बजेटप्रतिको असन्तुष्टि हेर्दा मिलेर बाँडेर खाने बाहेक केही नदेखिएको उनको भनाइ छ ।
त्यस्तै विप्लवले अमेरिकालाई खुसी पार्न एमसीसीमा सम्झौता गरेको भन्दै अब अमेरिकाले निरन्तर नेपाललाई च्याप्दै जाने र त्यसको सिकार प्रचण्ड हुने जिकिर गरे ।
उनले माओवादीहरूले अब आफूलाई नबाल्ने हो भने भयानक बिचल्लीमा जाने अवस्थामा आउने बताए । जनयुद्धका क्रममा राज्यबाट पीडितहरुको न्यायलाई राज्यको बन्दुकको छायाँले दबाएर राखेको उनले बताए । उनले सत्ताको बन्दुक हावी भएकाले जनताको सन्तुष्टिलाई पूरा गर्ने गरी आन्दोलन हुन नसकेको पनि बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया