पार्टीभित्र विचारको कुनै मतभेद छैन : माधव नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र विचारको कुनै मतभेद नरहेको बताएका छन् ।
सोमबार काठमाडौँमा अखिल नेपाल महिला संघ (समाजवादी) को मुखपत्र सार्वजनिक गर्दै अध्यक्ष नेपालले पार्टीको १० औं महाधिवेशन नजिकै आइरहेको अवस्थामा पार्टीभित्र विचारको कुनै मतभेद नरहेको बताएका हुन् । समाजवादलाई अघि बढाउने उद्देश्यका साथ पार्टी गठन भएको भन्दै अध्यक्ष नेपालले समाजवाद उन्मुख मुलुक निर्माणका लागि पार्टीले पाइला चालिरहेको धारणा राखे ।
उनले महाधिवेशनमार्फत नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित गर्ने उल्लेख गरे । अध्यक्ष नेपालले अहिलेको व्यवस्था र संविधानअनुसारको संरचनाबाट केही विकृतिहरू पैदा भएकाले त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताए ।
उनले आफूहरूसँग विचार मिल्ने र सहकार्य गर्न चाहनेहरूलाई साथ-साथ लिएर अघि बढ्न चाहेको र त्यसका लागि सक्दो पहलकदमी लिँदै आएको जिकिर गरे ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनले समाजवादलाई अघि बढाउन नसकेकाले आफ्नो पार्टीले समाजवादी कार्यक्रमलाई अघि बढाउने धारणा राखे । उनले महाधिवेशनमा पार्टीको विभिन्न दस्तावेजहरूलाई परिष्कृत गर्दै पारित गर्ने दाबी गरे । उनले सहमतिका साथ नेतृत्व निर्माण गर्नुपर्ने बताए ।
उनले श्रमजीवी महिलाहरूसँग पार्टी पुर्याउन नसके कुनै पनि क्रान्ति सम्भव नरहेको बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया