बंगलादेशसँग नेपाल २१ रनले पराजित

काठमाडौँ- जारी टी-२० विश्वकप अन्तर्गत बंगलादेशसँग नेपाल पराजित भएको छ । बंगलादेश २१ रनले विजयी भएको हो । जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ ।
बंगलादेशले १९.३ ओभरमा अलआउट हुँदै नेपाललाई १०७ रनको लक्ष्य दिएको थियो ।
१९.२ ओभरमा अलआउट हुँदै नेपालले ८५ रन बनाएको थियो ।
नेपालका लागि कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन बनाए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन बनाएका छन् । आसिफ शेखले १४ बलमा १७ रनको योगदान दिए ।
बंगलादेशका लागि शकिब अल हसनले सर्वाधिक १७ रन बनाए भने महमुदुल्लाह र रिशाद होसैनले १३-१३ रन बनाएका थिए ।
त्यस्तै जाकेर अलीले १२ र लिटन दासले १० रन बनाएका थिए ।
त्यस्तै यस खेलमा नेपाली बलरले शानदार बलिङ गरेका थिए ।
बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र सन्दीप लामिछानेले २-२ विकेट लिएका थिए ।
सन्दीपले यस खेलमा २ विकेट लिएसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट पुरा गरेका छन् । ५४ खेलमा १०० विकेट लिएका सन्दीप छिटो सय विकेट खेलाडीको सूचीमा राशिद खानपछि दोस्रो स्थानमा रहेका छन् । राशिदले ५३ खेलमा सय विकेट लिएका थिए ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया