स्लोभेनियासँग बराबरीमा रोकियो डेनमार्क

काठमाडौँ- डेनमार्क जारी युरोकपको पहिलो खेलमा बराबरीमा रोकिएको छ ।
गएराति भएको समुह सी अन्तर्गतको खेलमा डेनमार्कलाई स्लोभेनियाले १-१ गोलको बराबरीमा रोकेको हो ।
डेनमार्कका लागि खेलको १७औ मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै सुरूवाती अग्रता दिलाएका थिए । तर खेलको ७७औं मिनेटमा स्लोभेनियाका एरिक जान्जाले गोल गर्दै खेल बराबरी गरेका थिए ।
यो बराबरीपछि दुवैले एक एक अंक हासिल गरेका छन् ।
अब डेनमार्कले अर्को खेल जुन २० मा इङल्याण्डसँग खेल्ने छ भने स्लोभेनियाले सर्बियासँग जुन २० मै खेल्ने छ ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया