टी-२० विश्वकपमा आज तीन खेल

काठमाडौँ- जारी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछन् ।
पहिलो खेल नेपालले बंगलादेशसँग खेलिरहेको छ । सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५:१५ बजेदेखि भइरहेको छ ।
नेपाल सुपर आठको दौडबाट भने बाहिरिएको छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग हार बेहोरेको थियो भने दोस्रो खेल श्रीलंकासँग वर्षाले रद्ध भएको थियो ।
त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपरआठको दौडबाट बाहिरिएको थियो । तर बंगलादेशका लागि भने सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । बंगलादेशको अहिले २ खेलमा ४ अंक रहेको छ र समुह डी मा तेस्रो स्थानमा छ ।
त्यस्तै दोस्रो खेल सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा नेदरल्याण्ड्स र श्रीलंकाबीच बिहान ६:१५ बजेदेखि खेल भइरहेको छ । समुह डी मा नेदरल्याण्ड्स पनि सुपर आठको दौडमा कायम रहेको छ ।
नेदरल्याण्ड्स र श्रीलंकाबीचको खेल नेदरल्याण्ड्सले जितेमा र बंगलादेश नेपालसँग पराजित भएको अवस्थामा नेदरल्याण्ड्स सुपर आठमा पुग्ने अवस्था छ । यस समुहबाट श्रीलंका पनि सुपर आठको दौडबाट बाहिरिएको छ ।
त्यस्तै आज तेस्रो खेल समुह सी अन्तर्गत न्यूजील्याण्ड र पिएनजीबीच हुदै छ । नेपाली समय अनुसार राति ८: १५ बजेदेखि हुने यो खेलको नतिजाले कुनै असर भने गर्ने छैन । किनकी समुह सी बाट दुवै देश बाहिरीइसकेका छन् ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया