भारी वर्षाका कारण दक्षिण चीनका २२ नदीमा बाढी
नानिङ (चीन)- भारी वर्षाका कारण दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रका २२ नदीमा बाढी आएको क्षेत्रीय जलविज्ञान केन्द्रले आइतबार जनाएको छ ।
गुआङ्सीका २२ नदीमा कूल ३० जलविद्युत् स्टेशनहरूले चेतावनी स्तरभन्दा शून्य दशमलव शून्य तीन मिटर र दुई दशमलव ६३ मिटरको बीचमा पानीको स्तर रहेको केन्द्रले जनाएको छ ।
हेजियाङ नदीको हेझाउ हाइड्रोलोजिक स्टेशनले एक दशकमा सबैभन्दा ठूलो बाढीको रिपोर्ट गरेको छ ।
शनिबार बिहान ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म हेची, लिउझाउ, युलिन, हेझाउ र बाइसेलगायत गुआङ्सीका करिब आधा दर्जन प्रान्त–स्तरका सहरमा भारी वर्षा भएको छ ।
हेची सहरको एउटा टाउनशिप र लिउझाउ शहरको अर्को स्थानमा दिनभरि करिब एक सय ४० मिलिमिटर वर्षा भएको थियो ।
आगामी २४ घण्टामा कतिपय स्थानीय नदीमा पानीको बहाव एक मिटरसम्म बढ्ने पनि केन्द्रले जनाएको छ । (सिन्ह्वा)

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया