पूर्व-पश्चिम रेल बन्न करिब ५ सय वर्ष लाग्ने

काठमाडौँ - पूर्व पश्चिम रेल बन्न कति समय लाग्ला ? ५ वर्ष १० वर्ष अथवा ५० वर्ष । तर, नेपालमा पूर्व पश्चिम रेल बन्न ५ सय वर्ष लाग्ने भएको छ ।
सरकारले रेल विभागलाई विनियोजन गरेको बजेट अनुसार सो समय लाग्ने भएको हो ।
रेलका लागि भन्दै सरकारले वार्षिक तीन अर्बको बजेट छुट्याउने गरेको छ । यो वर्ष पनि ३ अर्ब ५५ करोड बजेट छुट्याएको छ । यो पूर्व पश्चिम रेल निर्माणको लागि मात्रै नभएर समग्र रेल विकासका लागि हो ।
९ सय २५ किलोमिटर लम्बाइ रहेको यो रेलमार्गको लागत १५ सय अर्ब लाग्ने रेल विभागका सूचना अधिकारी सिडिई कमल कुमार शाहले जानकारी दिए ।
'वार्षिक ३ अर्बको हाराहारीमा बजेट आउँछ' उनले भने', 'कति वर्षमा आयोजना सम्पन्न हुन्छ आफैं हिसाब गर्नुस् ।' वर्षको ३ अर्बको दरले हिसाब गर्ने हाे भने १५ सय अर्बकाे रेलमार्ग निर्माण गर्न ५ सय वर्ष लाग्छ ।
अहिलेसम्म करिब ३० अर्ब जति मुआब्जा लगायतको काम सकिएको उनले बताए ।
बर्दिवासदेखि चोचासम्मको रेल्वे सम्पन्न हुने चरणमा रहेकाे उनले जानकारी दिए । 'पूर्व पश्चिमसम्मको हिसाब गर्ने हो भने १ प्रतिशत पनि काम भएको छैन', उनले भने, 'बर्दिबास चोचासम्मको ७० किलोमिटरमा काम धमाधम भइरहेको छ ।'
साे खण्डमा लिक हाल्ने, स्टेशन बनाउने, बिजुलीको पोलहरू राख्न स्रोत व्यवस्थापनका लागि योजना आयोग र अर्थ मन्त्रालयले ठेक्का अनुमति नदिएको उनले बताए ।
बर्दिवास-चोचासम्मको काम एक चरणको फाइनल भएर बसेको छ । त्यो भन्दा माथिल्लो रेलवे स्टेशन, रेल लिक बिछ्याउने जस्ता कामका लागि सहमति प्राप्त नभएकाे शाहले बताए ।
सरकारको प्राथमिकतामा रेलमार्ग निर्माणको काम नपर्दा काम छिटो हुन नसकेको उनले बताए । 'बजेट एकदमै न्यून छ, आयोजनाको काम अगाडि बढाउनै समस्या भएको छ ।' सुरुमा धेरै बजेट विनियोजन भएपनि वर्षेनी बजेट कम हुँदै गएको उनले गुनासो गरे ।
सरकारले काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकी जोड्ने गरी मेची - महाकाली विद्युतीय रेलमार्ग परिकल्पना गरेर काम अगाडि बढाएको छ ।
९ सय ४५ किलोमिटरको पूर्व-पश्चिम रेलमार्गलाई जम्मा नौ खण्डमा विभाजन गरिएको छ । जसमा चार खण्ड पश्चिम र तीन खण्ड पूर्वमा पर्छ ।
र, यो पनि
‘रेल विभाग ड्राइभरविनाको बस जस्तै’ [फोटो/भिडियोसहित]
१३ वर्षमा रेल विभागमा नौ महानिर्देशक, १०औँ को पर्खाइमा
रेल्वेले मुआब्जा नदिएपछि बर्दिबासका १४ परिवारको बिचल्ली
संरक्षणको पर्खाइमा नेपालको छुक्छुके रेल
काठमाडौँ उपत्यकामा हुने धार्मिक जात्राले मेट्रो रेलको डिपिआर रद्द

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया