झारफुक गर्न आएकी युवतीलाई बलात्कार अभियोगमा धर्मगुरु पक्राउ

जनकपुरधाम : बलात्कारको आरोपमा सिरहामा एक मुस्लिम धर्मगुरु पक्राउ परेका छन् । गएको मंगलबार राति सिरहाको लहानमा २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा मिर्चैया नगरपालिका १० महेशपुर निवासी मुस्लिम धर्मगुरु ३५ वर्षीय मौलवी मोहम्मद अली हसनलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाशंकर पजियारले दिएको जानकारी अनुसार लहानमा डेरा गरी बस्दै आएका मौलवी हसनले झारफुक गराउन पुगेकी युवतीलाई बलात्कार गरेको उजुरी आधारमा पक्राउ गरिएको हो ।
जबरजस्ती करणी मुद्दामा सरकारी वकिल कार्यालयमार्फत बिहीबार जिल्ला अदालतबाट ५ दिनको म्याद लिइ अनुसन्धान प्रक्रियाअघि बढाइएको उनले बताए ।
मंगलबार साँझ लहान नगरपालिका एक मुस्लिम युवती समान्य विरामी परेपछि धर्मगुरुसँग झारफुक गराउन मौलवीका डेरामा पुगेकी थिइन् । मौलवीले युवतीको अभिभावकलाई अलगै राखी आफ्नो कोठामा झारफुक गर्ने भनी लगेका थिए ।
कोठाबाट निस्केपछि युवतीले आफूलाई झारफुकको नाममा बलात्कार गरेको परिवारजनलाई भनेपछि प्रहरीमा मौलवीविरुद्ध उजुरी दिएका थिए । उजुरी परेकै दिन लहान प्रहरीले मौलवी हसनलाई राति करीब १० बजे उनको डेराबाट नियन्त्रणमा लिएको थियो ।

मंगलवार मधेस प्रदेशमा सार्बजनिक बिदा
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

जनकपुरमा जानकी जन्मोत्सव सुरु

सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति

प्रतिक्रिया