टी-२० विश्वकपमा आज दुई खेल

काठमाडौँ- जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुँदै छन् । आज समुह बी अन्तर्गत अस्ट्रेलिया र स्कटल्याण्डबीच खेल भइरहेको छ ।
सेन्ट लुसियास्थित डारेन समी नेशनल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि शुरु भएको छ ।
जारी विश्वकपमा अस्ट्रेलिया लगातार तीन खेलमा जित हासिल गर्दै सुपर आठमा पुगिसकेको छ ।
त्यस्तै यस खेलको नतिजाले सुपर आठमा समुह बी बाट पुग्ने दोस्रो देशको टुंगो लाग्ने छ । यो खेल स्कटल्याण्डले जितेका स्कटल्याण्ड सुपर आठमा पुग्ने छ ।
त्यस्तै अस्ट्रेलियाले जितेमा भने इङल्यान्डको सम्भावना बन्ने छ ।
स्कटल्याण्डको ३ खेलमा २ खेल र एक खेल वर्षाले रद्ध हुदा ५ अंक रहेको छ र अहिले दोस्रो स्थानमा रहेको छ ।
अस्ट्रेलिया र स्कटल्याण्डबीच अहिलेसम्म टी-२० अन्तर्राष्टिय खेल भएको छैन र दुवै देशबीच यो पहिलो पटक खेल हुदै छ ।
त्यस्तै आज दोस्रो खेल समुह ए अन्तर्गत पाकिस्तान र आयरल्याण्डबीच हुदै छ ।
दुवै देश सुपर आठको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले कुनै अर्थ भने राख्दैन ।
समुह ए बाट भारत र अमेरिका सुपर आठमा पुगिसकेका छन् । पाकिस्तानले अहिलेसम्म ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने आयरल्याण्डले ३ खेलमा २ हार बेहोरेको छ भने एक खेल वर्षाले रद्ध भएको छ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया