कर्णाली प्रदेशको बजेटमा भौतिक पूर्वाधार तथा सहरी विकासलाई प्राथमिकता
आगामी आवका लागि ३१ अर्ब ४१ करोड बजेट विनियोजन

सुर्खेत- कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षका लागि भौतिक तथा सहरी विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।
कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सार्वजनिक गरेको छ । शनिबार कर्णाली प्रदेश सभा बैठकका प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख रहेको छ ।
त्यस्तै वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहका वित्तीय हस्तान्तरण ४ अर्ब ८३ करोड विनियोजन गरिएको मन्त्री केसीले जानकारी दिए । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको बजेटको स्रोत मध्ये आन्तरिक राजस्वबाट ८३ करोड ४४ लाख, चालू आर्थिक बर्षको बचतबाट ५ अर्ब १३ करोड, संघीय सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम रु ९ अर्ब ३८ करोड र वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको रु १० अर्ब ३६ करोड रुपैयाँ र सशर्त अनुदानबाट रु ३ अर्ब ७१ लाख परिचालन गरिने उनले बताए ।
बजेटमा पर्यटकीय स्थलको गुरुयोजना कार्यान्वयन गर्न १४ करोड रुपैयाँ विनियोजन गरिएको छ भने ऊर्जा विकास मन्त्रालयका लागि २ अर्ब ८६ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै खानेपानी सेवा विस्तार र पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि रु १ अर्ब ८ करोड विनियोजन गरिएको छ ।

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_UJ0iTvxKt2_bqlhelf7kh5detfpezabcactao54co2ryskjakzvvo24ffrrienp1kuhh7gz.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया