टी-२० विश्वकपः दक्षिण अफ्रिकासँग नेपाल स्तब्ध

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-२० क्रिकेट विश्वकपमा नेपालले दक्षिण अफ्रिकाविरुद्ध पराजय भोगेको छ ।
समूह 'डी' अन्तर्गत वेस्ट इन्डिजमा आज बिहान सम्पन्न खेलमा दक्षिण अफ्रिकाले नेपाललाई १ रनले पराजित गरेको हो । यस सँगै नेपालले सुपर ८ को सम्भावना समेत समाप्त भएको छ ।
आजको खेलमा १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि अनिल साहले २७ रन तथा आशिफ शेखले ४२ रनको योगदान गरे । कुशल भुर्तेलले १३ रन जोडे ।
दक्षिण अफ्रिकाका तबरेज सम्सीले ४ विकेट लिए । एनरिच रोर्ज र आईडन मारक्रामले १-१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १५ रन बनायो ।
दक्षिण अफ्रिकाका लागि रिजा हन्डरिक्सले सर्वाधिक ४३ रन जोडे ।
नेपालका लागि कुशल भुर्तेलले ४ विकेट तथा दिपेन्द्र सिंह ऐरीले ३ विकेट हात पारे ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया